जेलेन्सकीले बर्खास्त गरे वायु सेना प्रमुख अमेरिकी एफ-१६ लडाकु विमान रूसी हमलामा खसेपछि

जेलेन्सकीले बर्खास्त गरे वायु सेना प्रमुख अमेरिकी एफ-१६ लडाकु विमान रूसी हमलामा खसेपछि

युक्रेनले नेटो राष्ट्रहरूबाट पाएको एउटा अमेरिकी एफ-१६ लडाकु विमान युद्धको क्रममा खसेपछि युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्सकीले वायु सेना प्रमुखलाई बर्खास्त गरेका छन्। जेलेन्सकीले सामाजिक संजाल टेलिग्रामको माध्यमबाट वायु सेना प्रमुख लेफ्टिनेन्ट जनरल माइकोला ओलेस्चुकलाई बर्खास्त गरेको घोषणा गरेका छन्। उनले ओलेस्चुकलाई बर्खास्त गर्नुको कारण नखुलाए पनि एफ-१६ लडाकु विमान खसेका कारणले हुनसक्ने अनुमान गर्न सकिन्छ। […]

जेलेन्सकीले बर्खास्त गरे वायु सेना प्रमुख अमेरिकी एफ-१६ लडाकु विमान रूसी हमलामा खसेपछि Read More »

गण्डकीमा फुटाइयो दुइटा मन्त्रालय एमालेलाई सरकारमा ल्याउन

नेकपा (एमाले) लाई सरकारमा ल्याउन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुइटा मन्त्रालय फुटाएका छन्।गण्डकीमा ७ वटा मन्त्रालय रहेकोमा दुइटा मन्त्रालय फुटाएर ९ वटा मन्त्रालय कायम गर्ने निर्णय भएको हो।मुख्यमन्त्री पाण्डेका अनुसार वन वातावरण तथा उद्योग पर्यटन मन्त्रालय फुटाइएको छ भने सामाजिक विकास तथा  स्वास्थ्य मन्त्रालय पनि फुटाउने निर्णय भएको उनले जानकारी दिए। ‘वन वातावरण तथा उद्योय

गण्डकीमा फुटाइयो दुइटा मन्त्रालय एमालेलाई सरकारमा ल्याउन Read More »

दुई तिहाइको घमन्ड नगर्नुस् है भनेर सम्झाएको मात्रै हुँ : प्रचण्ड

धनगढी । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तासीन कांग्रेस र एमालेले दुई तिहाइको बलले संविधानमाथि घात गरे प्रतिकार गर्ने चेतावनी दिएका छन् । सुदूरपश्चिम प्रदेशको धनगढीमा बुधवार र बिहीबारसम्म चलेको माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा प्रदेश पदधिकारीहरुको परामर्श बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।उनले भने, ‘उहाँहरूले संविधानमाथि

दुई तिहाइको घमन्ड नगर्नुस् है भनेर सम्झाएको मात्रै हुँ : प्रचण्ड Read More »

भ्रष्टाचारसम्बन्धी विधेयकमा हदम्याद पूर्ण रूपमा खारेज गर्न संशोधन हालेको छु: गगन थापा

नेपाली कांग्रेसका सांसद गगन थापाले भ्रष्टाचारसम्बन्धी विधेयकमा रहेको हदम्याद पूर्ण रूपमा खारेज गर्न आफूले संशोधन हालेको बताएका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले यो विधेयकमा व्यापक जनचासो रहेको र सल्लाह, सुझाव र खबरदारी आइरहेकोमा स्वागतयोग्य भनेका छन्। ‘भ्रष्टाचारजन्य कसुरमा थाहा भयो भने पाँच वर्षभित्र मात्र यसको हदम्याद हुन्छ भन्ने विधेयक संसदमा आएको

भ्रष्टाचारसम्बन्धी विधेयकमा हदम्याद पूर्ण रूपमा खारेज गर्न संशोधन हालेको छु: गगन थापा Read More »

टिआरसी विधेयक राष्ट्रपतिले गरे प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०८१ प्रमाणीकरण गरेका छन्। राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार बिहीबार राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेका हुन्। सभामुख देवराज घिमिरेले बुधबार उक्त विधेयक प्रमाणित गरेर राष्ट्रपति कार्यालय  पठाएका थिए। यो विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भइसकेको थियो। साउन

टिआरसी विधेयक राष्ट्रपतिले गरे प्रमाणीकरण Read More »

संसदमा सम्झाए बंगलादेश-श्रीलंका-प्रचण्डले

प्रचण्डका बारेमा माओवादी वृत्तमा किस्सा छ– उनी अन्तर्विरोधमा खेल्न यति माहिर छन् कि, परिआयो भने आफ्नै नातिहरुलाई समेत राति हजुरबासँग कोचाहिँ सुत्न पाउँछ भनी आपसमा लडाइदिन्छन् । कहिले बाबुराम भट्टराई र मोहन वैद्य, कहिले विप्लव र वर्षमान पुन, कहिले जनार्दन शर्मा र वर्षमान पुन, प्रचण्डले खेलेका अन्तर्विरोधहरुको शृंखला पार्टीभित्र मात्रै सीमित छैन । हालका गृहमन्त्री

संसदमा सम्झाए बंगलादेश-श्रीलंका-प्रचण्डले Read More »

नेताहरूले उठाए प्रश्न प्रचण्डको भूमिकामाथि सुदूरपश्चिम

काठमाडौँ । सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतासम्बन्धी विवादलाई लिएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भूमिकाप्रति नेताहरूले प्रश्न उठाएका छन् । बुधवारदेखि धनगढीमा सुरु भएको माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश परामर्श समिति बैठकमा नेताहरूले प्रचण्डको आलोचना गर्दै प्रश्न उठाएका हुन् । बैठकमा दलभित्रको विवादमा नेतृत्वले हस्तक्षेप गरेकोमा अधिकांश नेताहरूले तीव्र असन्तुष्टि पोखेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

नेताहरूले उठाए प्रश्न प्रचण्डको भूमिकामाथि सुदूरपश्चिम Read More »

तीन एजेन्डा देउवालाई पार लगाउन हम्मेहम्मे परेका

आफ्ना पक्षमा ८० प्रतिशत बढी केन्द्रीय सदस्य भए पनि भोटिङमा जाने पक्षमा छैनन्, महामन्त्रीद्वयलाई सँगै राख्ने प्रयास महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले महासमिति बैठकमा पेस गरेका प्रस्तावका केही विषयमा नेपाली कांग्रेसले पाँच महिनासम्म पनि सहमति खोज्न सकेको छैन। सभापति शेरबहादुर देउवाले नै महामन्त्रीहरूका प्रस्तावमा समेटिएका चुनावअघि गठबन्धन नगर्ने, १५ औं महाधिवेशन कार्यतालिका र नेता बहिर्गमन नीति (एक्जिट पोलिसी)

तीन एजेन्डा देउवालाई पार लगाउन हम्मेहम्मे परेका Read More »

यही हो नेपालको चलन, लाज छैन ? नाराबाजी गर्नेसँग जंगिदै देउवा

१० भदौ, काठमाडौं । गौरापर्वमा नेताहरु विरुद्ध नाराबाजी भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आक्रोशित भएका छन् । प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति देउवा लगायतका शीर्ष नेता उपस्थित टुँडिखेलमा आयोजित कार्यक्रममा उनीहरु विरुद्ध नाराबाजी भएको थियो । नेताहरु विरुद्ध नाराबाजी गर्नेहरुलाई देउवाले भने, ‘जति गर्ने हो गर्नुस् । जति कराउने हो, कराउनुस् ।’कार्यक्रममा उपस्थित भएकाहरुलाई

यही हो नेपालको चलन, लाज छैन ? नाराबाजी गर्नेसँग जंगिदै देउवा Read More »

चुनावको तयारी एकीकृत समाजवादीमा पदाधिकारी चुन्न

१० भदौ, काठमाडौं । एकीकृत समाजवादीमा पदाधिकारी चयनका लागि चुनाव गर्ने तयारी भएको छ । केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले नै चुनाव गर्ने तयारीबारे जानकारी गराएका हुन् । यद्यपि अन्तिमसम्म सहमतिको प्रयास हुने उनले बताएका छन् । आइतबार सुरुमै बोलेका झलनाथ खनाल सहितका नेताहरुले महाधिवेशनको म्याण्डेट नै सहमति भएको बताएका थिए । तर आकांक्षी

चुनावको तयारी एकीकृत समाजवादीमा पदाधिकारी चुन्न Read More »

Exit mobile version